ad ad

ग्लोबल


पुटिनलाई चुनौती दिएका येभगेनी प्रिगोजिन आखिर कहाँ पुगे?

पुटिनलाई चुनौती दिएका येभगेनी प्रिगोजिन आखिर कहाँ पुगे?

नेपालखबर
असार १०, २०८० आइतबार १७:३७, काठमाडौँ

सत्ताको केन्द्र क्रेमलिन र प्राइभेट सैनिक कम्पनी वागनर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिनबीच सम्झौतापछि रुसको संकट तत्काललाई टरेको छ। तर दुई पक्षबीच भएको सम्झौताबारे अहिलेसम्म केही खुलेको छैन।

दुवै पक्षले सम्झौताको दस्तावेजलाई अहिलेसम्म गोप्य राखेका छन्। तर, तत्काललाई संकट टरे पनि क्रेमलिन र वागनर ग्रुपको अघिल्लो कदमलाई लिएर अनेक शंका आशंका उत्पन्न हुन थालेका छन्। 

यिनै आशंकामध्ये एक हो, आखिर येभगेनी प्रिगोजिन अहिले कहाँ छन्? उनको अवस्था कस्तो छ?

उनलाई अन्तिम पटक शनिबार राति रुसको रोस्तोव-अन-डन शहर छोडिरहेका बेला देखिएको थियो। उनी त्यसबेला एक कारमा बसेर हात हल्लाइरहेका थिए। 

दक्षिणी रूसको यस शहरबारेमा येभगेनी प्रिगोजिनले एक दाबी गर्दै शुक्रबारदेखि आफ्नो प्राइभेट सेना वागनरले नियन्त्रणमा लिएको घोषणा भिडिओ सन्देशमार्फत गरेका थिए। 

तर पुटिनसँग सम्झौतापछि उनले मुस्कुराउँदै स्थानीयबासीतर्फ हात हल्लाएर अभिवादन गरेका थिए। उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

रोस्तोभ सहर छाड्ने क्रममा उनलाई सुरक्षित साथ अब बेलारूसमा बस्ने गरी पठाइएको कुरा सार्वजनिक भएको थियो।  

समाचार अनुसार राष्ट्रपति पुटीननिकट बेलारूसका शासक अलेक्जेन्डर लुकासेन्कोले वागनर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिनसँग क्रेमलिनको सम्झौता गराएका थिए। 

तर त्यसपछि येभगेनी प्रिगोजिनले यस सम्झौतालाई लिएर मौनता साँधेका छन्। अब उनको यात्रा कहाँसम्म भन्ने पनि रहस्यको गर्भमा छ। 

युक्रेनमाथि आक्रमणपछि यतिबेला दक्षिण पश्चिमी रूसमा नो फ्लाई जोनको आदेश लागू गरिएको छ। 

यसको मतलब रोस्तोभ सहरको सबैभन्दा नजिकको एयरपोर्ट वोल्गोग्र्याड र सोचीमा छ। यी दुवै ठाउँ रोस्तोभबाट करिब २५० किलोमिटरको दूरीमा छन्। 

यो अवस्थामा येभगेनी प्रिगोजिन कार या रेलबाट मात्रै यात्रा गरेर बेलारू पुग्न सक्छन्। बेलारूसम्म सडकमार्गको यात्रा पनि एकदमै लामो छ। रोस्तोभबाट बेलारूस पुग्न करिब १५ सय ५० किलोमिटरको सडक या रेल यात्रा छिचोल्नु पर्छ।

अर्कातिर बेलारूस पुग्न उनले युक्रेनकै बाटोको यात्रा गर्नु पर्ने बाध्यता छ। अहिले रसियाले युक्रेनमा आक्रमण गरिरहेकाले यो यात्रा पनि उनका लागि सहज छैन। उनकै कमान्डमा रसियन सेनाले युक्रेनको बाख्मुत र सोलेडार सहरमा कब्जा जमाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .