ad ad

ग्लोबल


ऋणमा डुबेका दाइले गरे भाइबुहारीसहित ५ जनाको हत्यापछि आत्महत्या

ऋणमा डुबेका दाइले गरे भाइबुहारीसहित ५ जनाको हत्यापछि आत्महत्या

नेपालखबर
असार १०, २०८० आइतबार १३:३, काठमाडौँ

भारतको उत्तर प्रदेशस्थित मैनपुरी जिल्लामा रहेको अर्सरा गाउँमा शुक्रबार सुभासको घरमा छोराको बिहे थियो।

घरमा खुसीको वातावरण थियो। बेहुला र नवविवाहित दुलहीले साँझसम्म सबै संस्कार पूरा गरे। यस क्रममा राति अबेरसम्म हाँसो र खुसीको माहोल चलेको थियो। शनिबार बिहान अचानक विवाहको रौनकमा गुञ्जिएको उक्त घर रगतले भरियो।

छोरा सोनुको बिहेअघि बुधबार सुभासले गाउँलेलाई भोज दिएका थिए। भोलिपल्ट बिहीबार सोनु आफ्नी दुलही सोनीलाई लिन जन्ती लिएर गए ।

शुक्रबार बेहुली लिएर उनीहरू घर फर्किए। त्यसपछि आफन्त र परिचितहरू बीच विवाह अनुष्ठान सुरु भयो। बेहुलीसँगको अनुष्ठानको प्रक्रिया साँझसम्म चलेको थियो। त्यसपछि डीजे बज्यो र राति अबेरसम्म घरका सबैले नाचगान गरेर उत्सव मनाए।

राति करिब साढे दुई बजेपछि सबै सुत्न गए। केहीले मदिरापान पनि गरेका थिए। बेहुला सोनु दुलहीसँग टेरेसमा सुत्न गए। सोनुका साथी र दाइ मण्डपनजिकैको गद्दामा सुते। सुभास, उनकी श्रीमती र छोरी घरबाहिर सुते। गाउँलेहरू आ-आफ्नो घर गए। बिहेको  सुभासको घर सुनसान बन्यो।

बिहान जब गाउँलेहरू ब्युँझिए, सुभासको घर रणभूमि बनेको थियो।

जेठा दाइ शिववीर यादवले भाइबुहारीसहित सोनुका साथीको हत्या गरेका थिए। उनले कान्छा भाइ र बुहारी, भाइका साथी, श्रीमती र पाहुना आएका श्रीमतीका दाइको बञ्चारो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

भारतीय सञ्चार माध्यम प्रहरीलाई उद्धधृत गर्दै लेखेका छन्, 'बुवा र मामामाथि पनि उनले आक्रमण गरे। तर दुवैजना कसैगरी बाँचे। रोक्न खोज्दा बुवा सुभासको हातमा पनि बञ्चारो हाने। उनी घाइते भएका छन्।'

उक्त हत्याकाण्डपछि शिववीरले आफूलाई गोली हानी आत्महत्या गरेको बुवा सुभासले बताएका छन्।

ऋण तिर्न नसक्दा मानसिक रुपमा विचलित भएकाले शिवविरले उक्त घटना घटाएको बुवा सुभासले बताएका छन्।

उक्त घटनाबारे अनुसन्धान भइरहेको गोकुलपुरका एडीबी राजीव कृष्णले बताएका छन्। प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .