ad ad

ग्लोबल


लालु यादवले पत्रकार सम्मेलनमै राहुल गान्धीलाई भने : बिहे गर्नुस्, हामी सबै जन्ती जान्छौँ

लालु यादवले पत्रकार सम्मेलनमै राहुल गान्धीलाई भने : बिहे गर्नुस्, हामी सबै जन्ती जान्छौँ

नेपालखबर
असार ८, २०८० शुक्रबार २०:२१,

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले कंग्रेस नेता राहुल गान्धीलाई विवाह गर्न सल्लाह दिएका छन्। 

पटनाका मुख्यमन्त्री नितिश कुमारले आफ्नो निवासमा आयोजना गरेको विपक्षी दलहरुको भेलापछि भएको पत्रकार सम्मेलनमा यादवले गान्धीलाई सकेसम्म चाँडो विवाह गर्न भनेका हुन्।

भारत जोडो यात्रा सम्पन्न गरेकोमा ५३ वर्षीय गान्धीको प्रशंसा गर्दै यादवले देशभर घुमेर राम्रो काम गरेको बताए। अदानीको विषय संसदमा उठाएकोमा पनि उनले प्रशंसा गरे।

त्यहीबेला मुख्यमन्त्री नितिश कुमारले यादवलाई रोकेर भारत जोडो यात्राकै क्रममा गान्धीले दाह्री पालेको स्मरण गराए।

त्यसपछि यादवले भने, ‘अब दाह्री नबढाउनुस्। नरेन्द्र मोदीजीले किन कहिल्यै दाह्री काट्नुहुन्न, मलाई थाहा छैन।’

‘तपाईंले बिहे गरेको भए हुन्थ्यो। अझै पनि धेरै ढिला भएको छैन। बिहे गर्नुस्, हामी सबै जन्ती जान्छौँ। बिहे गर्नुस्, मेरो सल्लाह मान्नुस्,’ उनले भने, ‘तपाईंकी आमा जहिल्यै पनि तपाईं बिहे गर्न मान्नुहुन्न भन्नुहुन्थ्यो। मलाई मनाइदिनुस् भन्नुभएको थियो।’

उनको भनाइले पत्रकार सम्मेलनमा हाँसोको फोहोरा छुटेको थियो। 

जनवरीमा गान्धीले एक अन्तर्वार्तामा सही बेहुली फेला परे बिहे गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .