ग्लोबल


मोदी अमेरिका पुग्नासाथ अमेरिकी पूर्वसुरक्षा सल्लाहकारले भने- चीन दुवै देशका लागि ठूलो खतरा

मोदी अमेरिका पुग्नासाथ अमेरिकी पूर्वसुरक्षा सल्लाहकारले भने- चीन दुवै देशका लागि ठूलो खतरा

फाइल तस्बिर : अमेरिकी पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
असार ६, २०८० बुधबार ८:०, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति अमेरिका पुगेका छन्। बुधबार, जुन २१ मा प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने छन्।

मोदीको यो पहिलो अमेरिकाको राजकीय भ्रमण हो।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै अमेरिकी पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले चीनसँग कसरी व्यवहार गर्ने दुवै देशसामु सबैभन्दा ठूलो चुनौती रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ– अमेरिकाका सबै मित्रले धेरै हदसम्म चीन अमेरिका, उसका साथी र उसका सहयोगीका लागि ठूलो खतरा हो भन्ने कुरा बुझेका छन्।’ 

बोल्टनले चीनको विस्तारवादी नीति एसियाका लागि मात्र खतरा नभएको बताए।

उनले यस क्षेत्रका देशहरूले यससँग जुध्न बाहिरी मुलुकसँग कसरी समन्वय गर्ने र यो कठिन परिस्थितिमा भारत र अमेरिका दुई महत्वपूर्ण मुलुक रहेको बताए।

बोल्टनले भने, ‘भारतको हित संयुक्त राज्य अमेरिकासँगको राम्रो सम्बन्धमा निहित छ र मलाई आशा छ– प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई स्वीकार गर्नेछन्।’

उनले दुवै देशबीच अन्तर्राष्ट्रिय राजनीति, अर्थतन्त्र र अन्य धेरै विषयमा कुराकानी गर्न सकिने भएकाले यो भ्रमण निकै महत्त्वपूर्ण रहेको बताए। 

सन् २०१८ मा जोन बोल्टनलाई अमेरिकाको २७ औं राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो । उनलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा पदबाट हटाएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad