पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट कीर्तिमानी २००औं खेल खेल्ने पहिलो पुरुष फुटबल खेलाडी बनेका छन्। मंगलबार राति यूरो छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पोर्चुगलको जर्सीमा २००औं खेल पूरा गरेका हुन्।
युरोपियन च्याम्पियनसिप छनोटमा आइसल्याण्डलाई १–० ले हराउँदा ८९औं मिनेटमा विजयी गोल गरेर उनले सो कीर्तिमान कायम गरेका हुन्।
खेल सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले निर्णायक गोल गर्दा पोर्चुगल १–० गोलले विजयी भएको थियो।
३८ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीबाट डेब्यु गरेको झण्डै २० वर्षपछि पोर्चुगलका लागि २०० खेलमा पुग्ने गरी मंगलबार गिनिज वल्र्ड रेकर्ड बनाएका हुन्।
खेलमा रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले कीर्तिमानको प्रमाणपत्र दिएको थियो।
How it started How it's going pic.twitter.com/0HmbLZusZO— Portugal (@selecaoportugal) June 20, 2023ℂℝ𝟚𝟘𝟘


Shares

प्रतिक्रिया