ग्लोबल


अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणअगाडि सी चिनफिङसँग बिल गेट्सको भेट

अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणअगाडि सी चिनफिङसँग बिल गेट्सको भेट

नेपालखबर
असार १, २०८० शुक्रबार १४:५६,

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका छन्। चीन र अमेरिकाबीच तनाव चर्किंरहँदा त्यसलाई मत्थर पार्ने कोसिस भइरहेको छ।

यसै सप्ताहन्तमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण गर्दैछन्। 

चिनियाँ सञ्चारमाध्यमका अनुसार सीले गेट्सलाई यो साल बेइजिङमा आफूले भेटेको पहिलो अमेरिकी मित्र भनेका थिए।

‘म प्रायः भन्ने गर्छु, चीन–अमेरिका सम्बन्धको आधार जनस्तरमा छ। दुई देशका जनताबीच सधैँ मित्रता रहने अपेक्षा हामी गर्छौं,’ सीले गेट्सलाई भनेका थिए।

यो वर्ष सीले भेटेका पहिलो विदेशी व्यवसायी हुन् गेट्स। पछिल्लो पटक उनीहरुबीच २०१५ मा भेट भएको थियो।

यसै वर्ष इलोन मस्क, जेमी डिमन र टिम कुकले पनि चीन भ्रमण गरेका थिए। तर, उनीहरुले सीलाई भेट्न पाएका थिएनन्।

यसअघि बेलुन काण्डका कारण विदेशमन्त्री ब्लिन्केनले आफ्नो भ्रमण रद्ध गरेका थिए। त्यसपछि उनले भ्रमण गर्न खोज्दा चीनले चासो दिएको थिएन। यसै सप्ताहन्तमा उनी बेइजिङ ओर्लिँदै छन्।

तर, उनको भ्रमणप्रति ठूलो अपेक्षा राखिएको छैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .