ad ad

ग्लोबल


बेलायती महारानीद्वारा ह्यारी दम्पत्तीलाई स्वतन्त्र जीवनका लागि स्वीकृति

बेलायती महारानीद्वारा ह्यारी दम्पत्तीलाई स्वतन्त्र जीवनका लागि स्वीकृति

नेपालखबर
पुस २८, २०७६ सोमबार १७:५१,

बेलायती महारानी एलिजावेथले आफ्ना नाती ह्यारी र उनकी पत्नी मेगनलाई राजपरिवारको जिम्मेवारीबाट आंशिकरुपमा स्वतन्त्र रहँदै बेलायत र क्यानडा दुवैतर्फ समय विताउन स्वीकृति दिएकी छन्। त्यसलाई संक्रमणकालिन अवधि बताइएको छ।

महारानीले आफूले ह्यारी र मेगन दुवै पूर्णकालिनरुपमैं राजकीय जिम्मेवारीमा नै रहेको देख्न चाहे पनि उनीहरु दुईको चाहनाप्रति पूर्णरुपमा सहयोग गर्दै त्यस्तो निर्णय गरेको बताएकी छन्।

उनले त्यससम्बन्धी अन्तिम निर्णय आउने दिनमा गरिने बताएकी छन्। उनले सोमबार एक विज्ञप्ति जारी गरी सो निर्णय सार्वजनिक गरेकी हुन्।
ह्यारी दम्पत्तीले आफूहरु राजपरिवारको जिम्मेवारीबाट टाढा रहन चाहेको बताएपछि बेलायतको शाही परिवार उनीहरुको भूमिकाबारे छलफल गरिरहेको थियो।

‘म र मेरो परिवार ह्यारी र मेगनको नयाँ जीवन सिर्जना गर्ने चाहनाप्रति पूर्णरुपमा सहयोगी छौं,’ उनले सो विज्ञप्तिमा भनेकी छन्।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले केहि दिनअघि राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेका थिए।

queen statement

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .