ad ad

ग्लोबल


२८८ जनाको ज्यान जानेगरी एकसाथ तीनवटा रेल कसरी दुर्घटनामा परे?

२८८ जनाको ज्यान जानेगरी एकसाथ तीनवटा रेल कसरी दुर्घटनामा परे?

शुक्रबार साँझ भारतको ओडिशामा एकसाथ दुर्घटनामा परेका तीन रेल।


नेपालखबर
जेठ २०, २०८० शनिबार २१:१४, काठमाडौँ

भारतको ओडिशा राज्यमा पर्ने बालासोरमा शुक्रबार साँझ एकसाथ तीनवटा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८८ पुगेको दैनिक भास्करले जनाएको छ। उक्त भारतीय पत्रिकाका अनुसार दुर्घटनामा ९ सय जनाभन्दा बढी घाइते भएका छन्। 

कोलकाताबाट करिब २५० किलोमिटर दक्षिण र भुवनेश्वरबाट १७० किलोमिटर उत्तरमा बालासोर जिल्लाको बहंगा बजार स्टेसननजिक शुक्रबार साँझ ७ बजे यो भयानक रेल दुर्घटना भएको हो। कोरोमण्डल एक्सप्रेस, बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेस र मालगाडीसहित तीन रेल एकसाथ दुर्घटनामा परेका हुन्। स्टेसनबाट केही दूरी पार गरेपछि एउटा रेल मेन लाइन छाडेर लुप लाइनमा छिर्दा दुर्घटना भएको हो। 

दुर्घटनास्थल

घटना कसरी भयो?
यो भीषण दुर्घटनामा कोरोमण्डल एक्सप्रेस रेल मालगाडी रेलसँग ठोक्कियो। रेलको इन्जिन मालगाडीको रेलको डिब्बामा चढ्यो। कोरोमण्डल एक्सप्रेसका १३ वटा डिब्बा ठोक्किएर नराम्ररी क्षतिग्रस्त भए। केही डिब्बा  छेउछाउका ट्र्याकमा खसे।

त्यतिबेला बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेस अर्को तर्फबाट गइरहेको थियो। कोरोमण्डल एक्सप्रेसका डिब्बा बेंगलुरु–हावडा एक्सप्रेसको ट्र्याकमा खसेका थिए, जसका कारण बेंगलुरु–हावडा एक्सप्रेस ती डिब्बामा ठोक्कियो। दुर्घटनाका कारण बेंगलुरु–हावडा एक्सप्रेसका तीन सामान्य श्रेणीका डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएर र पटरीबाट खसे। दुर्घटनापछि मानिसहरूको रुवाबासी भयो। चारैतिर रगतले लतपतिएका र टुक्राटुक्रा भएका शव मात्रै देखिन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .