ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटना : मृतकको संख्या २३८ पुग्यो, प्रधानमन्त्री मोदी दुर्घटनास्थल जाँदै

ओडिशा रेल दुर्घटना : मृतकको संख्या २३८ पुग्यो, प्रधानमन्त्री मोदी दुर्घटनास्थल जाँदै

शुक्रबार साँझ ओडिशामा भएको रेल दुर्घटना।


नेपालखबर
जेठ २०, २०८० शनिबार ११:५८, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँस्थित ओडिशा राज्यको बालासोरमा भएको भयानक रेल दुर्घटनाको स्थलगत भ्रमण गर्ने भएका छन्।

सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार प्रधानमन्त्री मोदी शनिबार कटकको अस्पतालमा घाइतेहरूलाई भेट्न जानेछन्।

बालासोरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या अहिलेसम्म २३८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

रेलमन्त्री अश्विनी वैष्णव र ओडिशाका मुख्यमन्त्री नवीन पटनायक पनि शनिबार बिहान घटनास्थल पुगेका छन्।

दुर्घटनाको कारणबारे रेलमन्त्रीलाई सोध्दा उनले भने, ‘उच्चस्तरीय समिति बनाइएको छ, अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .