ad ad

ग्लोबल


पाकिस्तान: आत्मघाती बम बिष्फोटमा तीन सुरक्षाकर्मी मारिए

पाकिस्तान: आत्मघाती बम बिष्फोटमा तीन सुरक्षाकर्मी मारिए

नेपालखबर
जेठ ११, २०८० बिहिबार १०:३, काठमाडौँ

उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ। 

उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी मारिएका हुन्। एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाले बताएका छन्।

नियमित सुरक्षा जाँच भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम विष्फोट गराएका थिए। आक्रमणमा अन्य दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्। उक्त आक्रणको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन। 

मङ्गलबार बिहान पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतंकवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका थिए।  

पाकिस्तान र हंगेरीको संयुक्त लगानीको  इन्धन उत्खनन कम्पनीमा आतङकवादीले गरेको हमलामा  चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .