ग्लोबल


अफगानिस्तानमा बाढीका कारण ४ जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण ४ जनाको मृत्यु

नेपालखबर
जेठ ९, २०८० मंगलबार २१:३५, काठमाडौँ

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ।

भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान आएको बाढीले क्षति पुगेको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन्।

मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ। प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि उनले जानकारी दिए। बाढीले थुप्रै घरहरू पनि बगाएको छ ।

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते भएका थिए।

युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .