दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ।
कसैले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्।
आगोले ११ र १२ तथा १६ र १७ वर्षका किशोरी आगलागीमा परेको प्रहरीले जनाएको छ। नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ। गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले भने, 'दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ।'
अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन।
आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि गुयानाकै महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया