ad ad

ग्लोबल


गुरुद्वार अगाडि रक्सी खाएको भन्दै गोली हानी महिलाको हत्या

गुरुद्वार अगाडि रक्सी खाएको भन्दै गोली हानी महिलाको हत्या

नेपालखबर
जेठ २, २०८० मंगलबार १२:३३, काठमाडौँ

भारतको पटियालाको गुरुद्वार दु:ख निवारन साहिबमा आइतबार एक महिलाको हत्या भएको छ।

महिला परविन्दर कौर नामकी ती महिलालाई भक्तले गोली हानेका हुन्। मृतक महिला पटियाला निवासी भएको बताइएको छ।

गुरुद्वार नजिकैको तालको सिँढीमा बसेर ती महिलाले रक्सी पिएकी थिइन्, त्यसपछि त्यहाँ उपस्थित एक भक्तले उनलाई गोली हानेका थिए। गोली लागेपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो।

गोली चल्दा एक सेवाकर्मीलाई पनि गोली लागेको थियो, उनलाई पटियालाको राजेन्द्र अस्पतालमा भर्ना गरिएको छ।

गुरुद्वार व्यवस्थापन समितिका अनुसार आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेकोो छ। पटियालाका एसएसपी वरुण शर्माले भने, 'घटनाको क्रममा आरोपीले चार-पाँच गोली चलाएको थियो। तीमध्ये तीन गोली महिलालाई लागेको थियो र एउटा गोली अस्पतालमा उपचाररत सेवाकर्मीलाई लागेको थियो।' आरोपितलाई पक्राउ गरिएको उनले बताए।

एसएसपी शर्माका अनुसार सरोवरको सिँढीमा बसेर रक्सी खाइरहेकी महिलालाई गुरुद्वारका सेवाकर्मीले रोक्न खोजेका थिए। त्यसक्रममा महिला र सेवाकर्मीसँग सामान्य विवाद पनि भएको थियो।

त्यसपछि उनलाई मन्दिर व्यवस्थापककहाँ लगेर गइएको थियो। त्यसै क्रममा भिडबाट एक भक्तले गोली चलाएको एसएसपी शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .