ग्लोबल


वेलिङ्टनको होस्टलमा आगो लाग्दा ६ जनाको मृत्यु

वेलिङ्टनको होस्टलमा आगो लाग्दा ६ जनाको मृत्यु

नेपालखबर
जेठ २, २०८० मंगलबार ८:३१, काठमाडौँ

न्युजिल्याण्डको एक होस्टलमा आगो लाग्दा ६ जनाको मृतत्यु भएको छ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले स्थानीय मिडियालाई बताएअनुसार वेसिङ्टनको एक होस्टलमा आगो लागेको थियो। आगलागीमा परेका थुप्रैको अवस्था अझै अज्ञातत रहेको उनले बताएका छन्।

स्थानीय समयअनुसार सोमबाबर मध्यराति १२:३० बजे वेलिङ्टनको चार तले लोफर्स लज होस्टलमा आगो लागेको थियो।

आगलागीपछि आपतकालीन उद्धार टोलीले भवनबाट दर्जनौँलाई उद्धार गरेको थियो। तर अझै धेरैको अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।

करिब २० वटा दमकलको प्रयोगबाट आगलागी नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad