ad ad

ग्लोबल


चार्ल्स  तृतीय र क्यामिलालाई बाइडेनको बधाई

चार्ल्स  तृतीय र क्यामिलालाई बाइडेनको बधाई

नेपालखबर
बैशाख २३, २०८० शनिबार २१:३, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन्। 

उनले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उनीहरूप्रति सद्भाव व्यक्त गरेका छन्।

लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भनेका छन्।

राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गरेका छन्। 

अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित बधाई सन्देशमा भनेका छन्, ‘यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ।’

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताएका थिए।

‘हामी युरोपमा नेटोको सम्मेलनमा जान लागेका छौं, र मैले (चार्ल्स)लाई उक्त अवसरमा भेट्नेछु,’ बाइडनले एमएसएनबीसीसँग भने।

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ।

बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .