ग्लोबल


भारतको मणिपुरमा जातीय हिंसा : राज्यभर कर्फ्यु, इन्टरनेट र रेल सेवा बन्द

भारतको मणिपुरमा जातीय हिंसा : राज्यभर कर्फ्यु, इन्टरनेट र रेल सेवा बन्द

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १३:३०, काठमाडौँ

भारतको पूर्वोत्तर राज्य मणिपुरमा हिंसा भड्किएपछि सरकारले प्रदर्शनमा उत्रिएकाहरुमाथि ठाउँको ठाउँ गोली हान्ने आदेश दिएको छ। 

मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक जन र्‍यालीबाट हिंसा भड्किएपछि प्रशासनले ठाउँको ठाउँ गोली हान्ने आदेश दिएको हो।

प्रदेशका अधिकांश जिल्लामा अहिले कर्फ्यु लगाइएको छ। हिंसा दुई धार्मिक समूहबीच भड्किएपछि अवस्था नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान तैनाथ भएका छन्। 

यसअघि सेनाले मणिपुर राज्यको पुलिससँग मिलेर कयौँ स्थानमा भड्किएको हिंसालाई नियन्त्रणमा लिएक बताएको थियो। त्यसपछि सेनाले सडकमा उत्रिए मार्च पनि गरेको छ।

बुधवारदेखि पूरै राज्यमा मोबाइल इन्टरनेट सेवालाई तत्काल लागु हुने गरी पाँच दिनसम्मलाई बन्द गरिएको छ। 

मणिपुरमा हिंसा र तनाव बढेपछि पूर्वोत्तर रेलवेले अन्य राज्यबाट मणिपुर जाने सबै रेल सेवा रद्द गरेको छ।

मणिपुर सरकारले रेल यातायात रोक्न आग्रह गरेपछि यो निर्णय लिइएको हो। 

एनईएफ रेलवेका मुख्य जनसम्पर्क अधिकारी सब्यसाची डेले बताएअनुसार अगरतला र खोङ्गसंगबीच चल्ने जनशताब्दी एक्सप्रेस र असमको सिलचरबाट मणिपुरको वंगाइचुङ्गपाओ स्टेशनसम्म जाने चार यात्री रेल रद्द गरिएको छ। 

हिंसा बढ्दै गएपछि चार रेल ५ र ६ मेसम्मका लागि रद्द गरिएको छ। यदि यसबीचमा अवस्था सुध्रिएर रेल चलाइनेछ। 

भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्णेल महेन्द्र रावतले सेनाले सबै सरोकारवालासँग मिलेर अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए। 

उनका अनुसार हिंसाग्रस्त क्षेत्रमा अहिले भारतीय वायु सेनाले सी १७ ग्लोबमास्टर र एएन ३२ जहाजबाट लगातार निगरानी उडान गरिरहेको छ। 

भारतको पूर्वोत्तर राज्य मणिपुरमा जनजातीय समूह र गैर-जनजातीय समूहबीच हिंसक झडप भएको थियो। त्यसपछि यहाँ प्रशासनले पाँच दिनका लागि इन्टरनेट रोकिसकेको छ।

अहिले अवस्था नियन्त्रणमा लिन सेनाको ५५ टुकडी र र्‍यापिड एक्सन फोर्स मणिपुर पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .