ad ad

ग्लोबल


कांग्रेसले मलाई ९१ पटक गाली दियो, त्यो पनि फरक फरक : मोदी

कांग्रेसले मलाई ९१ पटक गाली दियो, त्यो पनि फरक फरक : मोदी

फाइल तस्बिर।


नेपालखबर
बैशाख १६, २०८० शनिबार १३:३४, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसले आफूलाई पटकपटक दुर्व्यवहार गरेको बताएका छन्।

कर्नाटक विधानसभा चुनावी प्रचारप्रसारमा बोल्दै उनले कांग्रेसले आफूलाई ९१ पटक फरक फरक गाली दिएको बताए।

उनले भने, 'मलाई कांग्रेसले फेरि गाली गर्न थाल्यो। कसैले मलाई ती गालीहरूको सूची दिएको थियो, अहिलेसम्म कांग्रेसले मलाई ९१ पटक गाली गरिसकेको रहेछ।'

आफूलाई गाली गर्न छाडेर सुशासनका लागि यत्तिको मेहनत गरेर कार्यकर्ताको जोश बढाउने हो भने कांग्रेसको अवस्था सुध्रिने उनले बताए।

निर्धन र देशका लागि काम गर्ने नेतालाई गाली गर्नु कांग्रेसको नियत नै भएको आरोप उनले लगाए। 'कांग्रेसको इतिहास छ, जो गरिब र देशको लागि काम गर्छ, त्यसलाई अपमानित गर्ने। यसरी आक्रमण मलाई मात्रै गरिएको होइन,' उनले भने, 'तपाईंहरूलाई त थाहै छ पहिले 'चौकीदार चोर हो' भन्ने नारा चुनावमा लगायो, पछिल्लोपटक 'मोदी चोर' भन्यो। त्यसपछि सिंगो ओबीसी समाज चोर भनेर अरु भाइबहिनीलाई पनि गाली गर्‍यो।'

उनले कांग्रेसले गाली गरेकै कारण जनताले फेरि उभिनै नसक्ने गरी जवाफ दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .