ad ad

ग्लोबल


बैंककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते

बैंककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते

नेपालखबर
बैशाख ४, २०८० सोमबार २१:५६, काठमाडौँ

थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन्।

महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा  सो घटना भएको जानकारी अधिकारीहरूलाई दिइएको थियो।

पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको शाक्यले बताए।

घाइते सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको शाक्यले जानकारी दिँदै घाइते सबैलाई गोली लागेको बताए।

प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको उनले जनाकारी दिएका छन्। (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .