ad ad

ग्लोबल


पुटिनको आलोचना गरेको आरोपमा रुसी कार्यकर्तालाई २५ वर्षको जेल सजाय

पुटिनको आलोचना गरेको आरोपमा रुसी कार्यकर्तालाई २५ वर्षको जेल सजाय

नेपालखबर
बैशाख ४, २०८० सोमबार २२:१, काठमाडौँ

रुसी विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको कारण जेलमा परेका उनी रुसी–बेलायती पूर्व पत्रकार हुन्।

उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन्। गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो। मलाई एक शब्द पनि पश्चाताप छैन। मलाई गर्व छ।’

४१ वर्षीय मुर्जा पश्चिमी सरकारहरूलाई रुसी अधिकारीहरूमाथि मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउन मनाउनेहरूमध्ये एक हुन्।

मुर्जालाई एक वर्षअघि मस्कोमा पक्राउ गरिएको थियो।

त्यतिबेला प्रहरी अधिकारीको अवज्ञा गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर हिरासतमा लिँदा उनीमाथि गम्भीर आरोप लगाइएको थियो। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .