ग्लोबल


सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा

सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा

नेपालखबर
बैशाख २, २०८० शनिबार २१:४९, काठमाडौँ

सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले राष्ट्रपति भवन आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ।

आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए।

यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका विषयमा आफ्नो विरोधी धारणाका कारण कहिल्यै तालमेल नगरेको बताएका छन्। (रासस÷एएनआई)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad