ग्लोबल


म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन : मुख्यमन्त्री केजरीवाल

म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन : मुख्यमन्त्री केजरीवाल

नेपालखबर
बैशाख २, २०८० शनिबार २१:५४, काठमाडौँ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन्।

शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन।’

राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु। तर भाजपाले सीबीआईलाई मलाई पक्राउ गर्न आदेश दिएको छ भने सीबीआईले पक्कै पनि उनीहरूको निर्देशन पालना गर्नेछ।’

केजरीवालले ट्वीटरमा भनेका छन्, ‘केन्द्रीय अनुसन्धान ब्युरो र इन्फोर्समेन्ट डाइरेक्टरेटका अधिकारीहरूविरुद्ध ‘झुटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेको’ आरोपमा उपयुक्त मुद्दा दायर गरिनेछ। हामी सीबीआई र ईडीका अधिकारीहरूविरुद्ध झूटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेकोमा उपयुक्त मुद्दा दायर गर्नेछौं।’

‘मलाई सीबीआईले बोलाइएको। म पक्कै पनि यसको सम्मान गर्नेछु। मेरो पत्रकार सम्मेलन पनि त्यसैमा केन्द्रित छ,’ आम आदमी पार्टी (आप) का अध्यक्षसमेत रहनुभएका केजरीवालले भने।

यसअघि पत्रकार सम्मेलनमा केजरीवालले दिल्ली विधानसभामा भ्रष्टाचारविरुद्ध बोलेको दिनदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले बोलाउने लाइनमा आफू रहेको आफूलाई थाहा भएको दाबी गरेका थिए।

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मदिरा नीतिको छानबिनमा केन्द्रीय निकायहरूले हामीविरुद्ध अदालतमा झूट बोलिरहेका छन्। पक्राउ परेकाहरूलाई यातना दिइँदैछ, उनीहरूमाथि हामीलाई नेल लगाउन दबाब सिर्जना भइरहेको छ। 

उनले अघि भनेका छन्, ‘सीबीआईले मनीष सिसोदियामाथि रक्सी नीतिको मुद्दामा झुटो आरोप लगाएको छ। झूटो बयान लिन मानिसहरूलाई पिटिएको छ। एजेन्सीहरूले प्रमाणका लागि मानिसहरूलाई यातना दिइरहेका छन्। भ्रष्टाचार उन्मूलनका लागि यो ठूलो नीति थियो।’ 

सीबीआईले केजरीवाललाई अप्रिल १६ मा एजेन्सीसमक्ष उपस्थित हुन बोलाएको छ। आम आदमी पार्टी ९आप० का नेताहरू पनि केजरीवाललाई सोधपुछका लागि सीबीआईसमक्ष उपस्थित गराइने बताएका छन्।

दिल्लीका पूर्व उपमुख्यमन्त्री तथा केजरीवालका प्रमुख सहयोगी मनिष सिसोदिया आबकारी नीति प्रकरणमा अनियमितता गरेको आरोपमा जेलमा छन्। 

सिसोदियालाई ईडी र सीबीआईले दिल्लीमा आबकारी नीति को निर्माण र कार्यान्वयन मा कथित अनियमितता संग सम्बन्धित एक मामला को जारी अनुसन्धानका क्रममा गिरफ्तार गरेको थियो।

सीबीआईले सिसोदियालाई २६ फेब्रुअरीमा गिरफ्तार गरेको थियो। पछि मार्च ९ मा ईडीले तिहाड जेलमा घन्टौंको सोधपुछपछि उनले अवैध धन्धा चलाएको आरोपबारे थप अनुसन्धान चलाइने बताएको थियो। (रासस÷एएनआई)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad