ग्लोबल


यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

सांकेतिक तस्बिर।


नेपालखबर
बैशाख २, २०८० शनिबार १९:३८, काठमाडौँ

साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ।

साउदी अरब र हुथीको नियन्त्रणमा रहेको इलाकालाई जोड्ने यमनी उडानहरूमार्फत् करिब ९०० कैदीहरूको स्थानान्तरण र रिहाई भएको समितिले जनाएको छ। युद्धबन्दी आदानप्रदानले यमनको आठ वर्ष पुरानो युद्धको अन्त्यको आशा जगाएको थियो।

आईसीआरसीका सार्वजनिक मामिला तथा सञ्चार सल्लाहकार जेसिका मौसानका अनुसार शनिबारको पहिलो उडान दक्षिणी साउदी शहर आभाबाट यमनको हुथीनियन्त्रित राजधानी सानाका लागि उडेको थियो।

त्यसपछि सानाबाट रियादका लागि उडेको उडानमा १६ जना साउदी र तीन जना सुडानी नागरिक रहेको २० जना बन्दीहरू रिहा भएको राज्य नियन्त्रित अल–एखबारिया च्यानलले जनाएको छ।

सुडान साउदी नेतृत्वको गठबन्धनको हिस्सा हो र उसले युद्धका लागि स्थल सेना उपलब्ध गराएको छ।

साना–रियाद उडानमा यमनको राष्ट्रपति नेतृत्व परिषद्का सदस्य तथा पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहका भतिजा तारेक सालेहका भाइ र छोरा पनि रहेका छन्। 

शनिबार भएका अन्य उडानमा ११७ हुथीसहित दोस्रो आभा–साना र सरकार नियन्त्रित यमनको मोखा शहरबाट १०० हुथीसहित थप तीन वटा हुथीलाई सानासम्म पु¥याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad