चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी हुन नेपालबाट २ जना कम्युनिस्ट नेताहरू बेइजिङ प्रस्थान गरेका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल र माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कार्की शनिबार दिउँसो बेइजिङ प्रस्थान गरेका हुन्।
‘वर्कशप फर थेओरेटिकल कार्ड अफ वल्र्ड कम्युनिस्ट पार्टी’ नामका कार्यक्रममा सहभागी हुन उनीहरू बेइजिङ प्रस्थान गरेका हुन्।
चीनको बेइजिङ लगायत ३ ठाउँमा उक्त, कार्यशाला गोष्ठी हुने जनाइएको छ।
कार्यशालामा ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ विषयमा आ-आफ्ना पार्टीहरुले अँगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल हुने एमाले केन्द्रीय सदस्य रिजालले जानकारी दिए।
नेकपा ९एमाले० का तर्फबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा जोड दिइने समेत उनले बताए।
उक्त कार्यशाला गोष्ठी १५ दिन चल्नेछ।
Shares

प्रतिक्रिया