ग्लोबल


पुनः राष्ट्रपतिको चुनाव लड्ने तयारीमा बाइडेन, चाँडै उम्मेदवारी सार्वजनिक गर्ने

पुनः राष्ट्रपतिको चुनाव लड्ने तयारीमा बाइडेन, चाँडै उम्मेदवारी सार्वजनिक गर्ने

नेपालखबर
बैशाख २, २०८० शनिबार १९:३६, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु। “मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु। हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं।’

उता, अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन्।

पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गरेका छन्।

पोम्पेओले ट्वीटरमा लेखेका छन्, ‘मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं।’

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भने, ‘यो समय मेरो र मेरो परिवारका लागि सही छैन।’

‘तपाईंहरूमध्ये धेरैलाई यो घोषणा अनौठो लाग्नसक्छ। म अहिले ५९ वर्षको मात्र भएँ। अझै धेरै अवसरहरू बाँकी छन् जसका लागि समय अझ उपयुक्त हुन सक्छ भविष्यमा अमेरिकालाई मेरो नेतृत्व अझ बढी आवश्यक हुनसक्छ।’ उनले भनेका छन्।

पोम्पेओले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी विदेश मन्त्रालयलाई आफ्नो कुशल नेतृत्व दिन सफल भएका थिए।
 
वेस्ट पोइन्ट र हार्वर्ड ल मा आफ्नो कुलीन शिक्षाको बावजुद, पोम्पेओ कन्सासमा एक व्यापारीको रूपमा अस्पष्टताबाट बाहिर आएका थिए।

उनी सन् २०१० को दक्षिणपन्थी टी पार्टी लहरमा अमेरिकी काङ्ग्रेसमा निर्वाचित भएका थिए।
 
ट्रम्प स्वयं र संयुक्त राष्ट्रसंघका पूर्व राजदूत निक्की हेली पनि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad