ad ad

ग्लोबल


ताइवानकी राष्ट्रपति वेनको भ्रमणपछि अमेरिकालाई चीनको चेतावनी

ताइवानकी राष्ट्रपति वेनको भ्रमणपछि अमेरिकालाई चीनको चेतावनी

नेपालखबर
चैत २३, २०७९ बिहिबार १३:३७, काठमाडौँ

गत साता ताइवानकी राष्ट्रपति साइ इङ्ग वेनलाई अमेरिकाको न्यूयोर्कमा भव्य स्वागत गरियो। त्यसपछि वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटिन्।

ताइवान अमेरिकासँग नजिकिँदै गर्दा चीन भने अमेरिकासँग रुष्ट भएको छ। दुईबीचको बिग्रिएको सम्बन्धमा थप दरार सिर्जना भएको छ।

चीनले उक्त भेट सन् १९७९ मा अमेरिका-चीनबीच स्थापना भएको कूटनीतिक सम्बन्धको सम्झौताको उल्लंघन भएको दाबी गरेको छ। द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापना भएपछि ताइवानी नेतालाई अमेरिकाका उच्च अधिकारीले भेटेको यो पहिलोपटक हो। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले सार्वभौम र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको आरोप लगाएको छ।

ताइवान एक स्वशासित क्षेत्र हो, जसलाई चीनले आफ्नो हिस्सा मान्छ। चीनले ताइवान आफूमै समावेश हुने दाबी गर्दै आएको छ।

सन् १९४५-४९ को अवधिमा चीनमा भएको गृहयुद्धमा एकातिर माओत्से तुङको नेतृत्वमा कम्युनिस्टहरू थिए भने अर्कोतिर चियाङ काइशेकको नेतृत्वमा राष्ट्रवादी शक्तिहरू थिए ।

चियांङ काई-शेक पतनको अवस्थामा पुगेपछि ताइवान पुगेर उनले त्यहाँ निर्वासन सरकार गठन गरेका थिए। चिनियाँ कम्युनिष्ट पार्टीले ताइवानलाई हालसम्म आफ्नो नियन्त्रणमा लिन सकेका छैनन्।

सोही मुद्दा चीन र अमेरिकाबीच तनाबको मुख्य विषय बन्न पुगेको छ।

ताइवानलाई अमेरिकाले विशेष महत्व दिएपछि चीनले आफ्नो आन्तरिक विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।

पछिल्ला केही वर्षमा चीनले ताइवान समर्थक देशसँग दूरी बढाउँदै आएको छ। चीनसँग नजिक देशले ताइवानलाई छुट्टै देशको मान्यता दिएका छैनन्। हालै होन्डुरसले कूटनीतिक सम्बन्ध तोड्दै ताइवान चीनकै हिस्सा भएको अभिव्यक्ति दिएको थियो। योसँगै अब ताइवानलाई छुट्टै राष्ट्रको मान्यता दिने देशको संख्या १३ मा सीमित भएको छ।

अमेरिकाका उच्च अधिकारीसँगको भेटमा चिनियाँ राष्ट्रपति वेनले ताइवानलाई छुट्टै देशको मान्यता दिन आग्रह गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .