ad ad

ग्लोबल


दुई वर्षपछि पुनः युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

दुई वर्षपछि पुनः युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

नेपालखबर
चैत ४, २०७९ शनिबार ८:४६, काठमाडौँ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः युट्युबमा फर्किएका छन्। आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि ट्रम्प पुनः युट्युबमा फर्किएका हुन्।

उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडिओ पोस्ट गरेका छन्। जसमा उनले लेखेका छन्, ‘म फिर्ता आएको छु!’

चुनावी र्‍यालीको भिडिओ पोस्ट गर्दै उनले भनेका छन्, ‘तपाईलाई पर्खिराख्न माफ गर्नुहोस्, यो जटिल विषय हो।’

सन् २०२० मा भएको राष्ट्रपती निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए। त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो।

उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप समेत लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .