ad ad

ग्लोबल


अस्ट्रेलियाको जंगलमा फेरि भीषण आगो, उच्च गर्मीले संकट ल्याउँदै

अस्ट्रेलियाको जंगलमा फेरि भीषण आगो, उच्च गर्मीले संकट ल्याउँदै

नेपालखबर
फागुन २३, २०७९ मंगलबार ११:५७, काठमाडौँ

अस्ट्रेलियाको जंगलमा फेरि भीषण आगो फैलिएको छ। त्यहाँको दमकल विभाग पूर्वी तटसँग जोडिएको जंगलको दर्जनौँ ठाउँमा आगो लागेको जनाउँदै यसले भीषण रुप लिनसक्ने चेतावनी दिएको छ। 

सिड्नीबाट २५० किलोमिटर टाढा उत्तर पश्चिमको जंगलमा लागेको आगोका कारण पछिल्ला दुई वर्षमा पहिलो पटक आपतकालीन 'फायर वार्निङ' जारी गरिएको छ।

अस्ट्रेलियामा दुई वर्षसम्म बाढी र बर्षात्को मौसम रहेपछि सन् २०१९ र २०२० को संकट फेरि दोहोरिने देखिएको छ। त्यसबेला अस्ट्रेलियाको कयौँ जंगलमा भीषण आगो फैलिएको थियो। 

जानकारीका अनुसार अहिले दमकलकर्मीहरुले ४९ फिट अग्लोसम्मको आगोको लप्पासँग जुध्नु परिरहेको छ। 

तातो हावा र आगलागीको सबैभन्दा धेरै असर अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा परिरहेको छ। 

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या रहेको यस इलाकाका मानिसहरुलाई आफ्नो घर खाली गर्न भनिएको छ।

आगोले केही व्यक्तिको घर र सम्पत्ति पनि जलिसकेको बताइएको छ। 

सोमवार राज्यका केही इलाकामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो। जुन जनवरी २०२१ यताकै सबैभन्दा उच्च हो। 

मंगलवार राज्यका ३३ स्थानमा आगो लागेको खबर आएको थियो। अहिलेसम्म १० स्थानको आगो नियन्त्रणबाहिर छ।

न्यू साउथ वेल्सका दमकल विभागले बताएअनुसार तातो र तीव्र हावाका कारण आगो अझै फैलिएको छ।

अस्ट्रेलियाको मौसम विभागले पनि न्यू साउथ वेल्सको कयौँ स्थानमा आगो लाग्न सक्ने जनाएको छ।

अस्ट्रेलियामा सन् २०१९ मा सबैभन्दा खराब मौसम थियो। जसका कारण करिब ३ अर्ब जनावर र पंक्षी जलेर मरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .