साउदी अरबको भ्रष्टाचार विरोधी एजेन्सीले बंगलादेशस्थित आफ्नो दूतावासमा कार्यरत दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको छ।
उनीहरु दुवैलाई साउदीमा वर्क भिसा जारी गर्ने ठूलो घोटालामा संलग्न रहेको आरोप छ।
यस धाँधलीमा अन्य ११ जना विरुद्ध पनि आरोप रहेको साउदी अरेबियाको भ्रष्टाचार विरोधी प्राधिकरण नाजाले सामाजिक सञ्जाल ट्वीटरमा जानकारी गराएको छ।
पक्राउ पर्नेमा दूतावासको कन्सुलर विभागका पूर्व प्रमुख अब्दुल्लाह फलाह मुदी अल–शमारी र उनका सहयोगी खालेद नसर अयाद अल–काहतानी रहेका छन्।
नाझाका अनुसार यस धाँधलीमा आन्तरिक मन्त्रालयका दुई अधिकारी, आठ बंगलादेशी नागरिक र एक प्यालेस्टिनी लगानीकर्ता पनि संलग्न छन्।
यी अधिकारीहरूले दूतावासमा काम गर्दा वर्क भिसा जारी गर्ने बापत १४.४ मिलियन डलर वा SR ५४ मिलियन प्राप्त गरेको बताइएको छ। यो रकम किस्ताबन्दीमा दिइएको थियो।
For their complicity with the residents and for receiving, while working at the embassy, 54,000,000 SR in installments,— Oversight and Anti-Corruption Authority (@nazaha_en) March 4, 20232- Deputy Head of the Consular Section at the Embassy of the Custodian of the Two Holy Mosques in Bangladesh: Khaled Nasser Ayed Al-Qahtani.
डेली स्टारका अनुसार दुवै अभियुक्तले घुसको रकम साउदी अरब पठाएको र केही अंश विदेशमा लगानी गरेको स्वीकार गरेका छन्।
डेली स्टारले पनि करिब दुई महिनाअघि साउदीका तीनजना अधिकारीलाई परमिट जारी गर्नका लागि भर्ती एजेन्सीबाट घुस लिएको आरोपमा निलम्बन गरेको जानकारी दिएको छ।
तेस्रो कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन। तीमध्ये दुई जना अधिकारी अहिले पक्राउ परेका छन्। बीबीसी
Shares

प्रतिक्रिया