ग्लोबल


चीनले रक्षा बजेट ७ प्रतिशत बढायो, सेना बलियो बनाउनमा जोड

चीनले रक्षा बजेट ७ प्रतिशत बढायो, सेना बलियो बनाउनमा जोड

नेपालखबर
फागुन २२, २०७९ सोमबार ७:३, काठमाडौँ

चीनले यो वर्ष आफ्नो सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने भएको छ।

चिनियाँ संसद्‌को अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ली खछ्याङले बजेट वृद्धिको घोषणा गर्दै चीनलाई नियन्त्रण गर्ने प्रयास तीव्र भइरहेको बताए।

चीनले आफ्नो सेनामा वार्षिक दुई सय अर्ब डलर खर्च गरिरहेको छ। तर चीनको यो बजेट आफ्नो प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा निकै कम हो, अमेरिकाले यसको चारगुणा बढी खर्च गर्छ।

चीनले आफ्नो अर्थतन्त्रको विकास दरभन्दा बढी सैन्य बजेटमा वृद्धि गरेको छ। विश्लेषकहरूका अनुसार चीनको सैन्य बजेटमा भएको यो वृद्धिले उसको सेनालाई बलियो बनाउने प्रतिबद्धतालाई जोड दिन्छ।

योसँगै जापानजस्ता अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूले पनि आफ्नो सैन्य बजेट बढाइरहेका छन्।

सैन्य खर्चमा अमेरिका र चीनपछि भारत तेस्रो नम्बरमा छ। भारतले सन् २०२३/२४ का लागि ७२.४ बिलियन डलरको सैन्य बजेट घोषणा गरेको छ। बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad