ग्लोबल


पाकिस्तानमा आर्थिक संकट : प्रधानमन्त्री र मन्त्रीले तलब नलिने, बिजुली-ग्यासको पैसा पनि आफैं तिर्ने

पाकिस्तानमा आर्थिक संकट : प्रधानमन्त्री र मन्त्रीले तलब नलिने, बिजुली-ग्यासको पैसा पनि आफैं तिर्ने

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १२:३५, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्च कटौतीको ठूलो घोषणा गरेका छन्। 

केबल ३ अर्ब डलर मात्रै विदेशी मुद्रा सञ्चित रहेपछि टाट पल्टिने बिन्दुमा पुगिसकेको देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका हुन्। 

प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्चमा व्यापक कटौतीसम्बन्धी घोषणा गरेका छन्। 

'मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन्', उनले घोषणामा भनेका छन्।

शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ। सर्वोच्च अदालत , उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ।

अचम्म लाग्दो कुरा भने प्रधानमन्त्री शरिफले पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्मको ७६ वर्षमा आधा समय देशको शासन चलाएको सेनाको खर्च कटतीबारे केही पनि बोलेका छैनन्। पाकिस्तानी सेनासँग देशको अर्बौँ बजेट रहेको छ।

प्रधानमन्त्री शरिफले क्याबिनेटका सदस्यहरुलाई राखेर पत्रकार सम्मेलन गरेका थिए।

'अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्त पूरा गर्नका लागि सरकारी खर्चमा ठूलो कटौती गरिँदैछ', उनले भने, 'यो आमजनताका लागि पनि सन्देश हो। यो खर्चमा कमी गर्ने एक उपाय हो।'

शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाए। यसका लागि तमाम कदम उठाइने उनले जानकारी दिए। शरिफले कसैको दबाबमा नपरी आफूले यो निर्णय गरेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad