कारोबार


प्राधिकरणको कारण चक्रपथ विस्तारमा कुनै समस्या छैन : कुलमान घिसिङ

प्राधिकरणको कारण चक्रपथ विस्तारमा कुनै समस्या छैन : कुलमान घिसिङ

कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका क्रममा मन्त्री नारायणकाजी श्रेष्ठसहित कुलमान घिसिङ।


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १२:५७, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन्।

बिहीबर दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन्। 

उनले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बताए।

विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पारे।

‘अब यो रिङरोड बिस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ। एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ’, उनले भने, ‘विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन।’

त्यस्तै, काठमाडौं चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ बिस्तारको कलंकीदेखि बसुन्धरासम्म ८।२ किलोमिटर दोस्रो चरणमा शुरु हुन लागेको बताए।

उनले जसअन्तर्गत रहेका करिव तीन सय बिजुलीका पोलहरु हटाइसकेको र अब २२ वटा पोलहरु मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको पनि बताए। 

सडक छेउमा रहेका १९ वटा मन्दिरहरुमा गोंगबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरु स्थानान्तरण गरिसकेको पनि उनले बताए। 

दोस्रो चरणमा चक्रपथ बिस्तार कलंकीदेखि बसुन्धारासम्म मात्रै रहेको बताए।

‘चक्रपथ बिस्तारको कलंकीदेखि बसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा शुरु हुँदैछ। यस अन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका
पोलहरु थिए, अब २२ वटा जति पोलहरु हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ’, उनले भने, ‘१९ वटा मन्दिरहरु थिए, ती पनि सबै भत्काइएका छन्। रुख, चौतारोहरु पनि हटाइसकेका छौँ। कलंकीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरु सार्नुपर्नेछ। दोश्रो चरण भनेको कलंकीदेखि बसुन्धारासम्मको हो।महाराजगञ्ज तेस्रो चरणको हो।’

दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका प्रमुख लेन्द्र साह लगायतले सडक अनुगमन एवं निरीक्षण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad