ad ad

ग्लोबल


टर्कीमा भूकम्पको पीडाबीच चमत्कार, दुई महिने शिशु १२८ घण्टापछि जीवितै भेटिए

टर्कीमा भूकम्पको पीडाबीच चमत्कार, दुई महिने शिशु १२८ घण्टापछि जीवितै भेटिए

जीवितै भेटिएका शिशु


नेपालखबर
माघ २९, २०७९ आइतबार १३:४३, काठमाडौँ

टर्की र सिरियामा गत ६ फेब्रुअरीमा आएको विनाशकारी भूकम्पबाट मर्नेको संख्या २९ हजार नाघेको छ। 

मृतकको संख्या लगातार उचाइतिर गइरहँदा राहत र उद्धार टोली लगातार जुटिरहेका छन्। उद्धारकर्मीले हरेक घरको भग्नवाशेषभित्रबाट मानिसदेखि जनवारसम्मलाई जीवितै उद्धार प्रयास अझै जारी राखेका छन्। 

उनीहरु दिन रात उद्धारमा जुटिरहँदा एकपछि अर्को शव निकालिँदैछ। तर शवै शवको चाङबीच आशाका किरण पनि अझै देखिएका छन्। विनाश र निराशाबीच भत्किएका घरमुनिबाट जीवितै उद्धार भइरहेका चमत्कारिक घटना पनि देखिँदैछन्। 

टर्कीमा भूकम्पको करिब १२८ घण्टापछि दुई महिनाका एक शिशुलाई जीवितै निकालिएको छ। टर्की र सिरियामा आएको विनाशकारी भूकम्पबाट अहिलेसम्म मर्नेको संख्या बढेर २९ हजार नाघेको छ। घाइतेहरुको संख्या पनि ८५ हजारमाथि पुगिसकेको छ। 

टर्कीमा उद्धानर कार्य चलिहरँदा अझै आशाका किरण कायमै छन्। सयौँ ट्रकमा पनि भरेर नसकिने भग्नवाशेषबाट २ महिने शिशु जीवितै निकालिएको घटना अहिले कुनै चमत्कार भन्दा कम भएको छैन। 

टर्कीको हटेमा शनिवार भग्नवाशेषभित्रबाट एक दुई महिनाका शिशुलाई उद्धारकर्मीले निकालेपछि नयाँ आशाको सञ्चार भएको छ। 

उद्धारका क्रममा जम्मा भएको भिडले ती शिशुका लागि ताली बजाएका छन्। यी बच्चालाई भग्वाशेषबाट निकालिँदा हरेकमा खुसीको सञ्चार भएको छ।

टर्किस सञ्चारमाध्यमका अनुसार भूकम्पको पाँचौँ दिनपछि बचाइएका मानिसमा अर्की दुई वर्षीया बालिका पनि छन्। त्यसैगरी ६ महिनाकी गर्भवती र ७० वर्षीया अर्की महिलालाई पनि बचाइएको छ। 

टर्कीमा भीषण भूकम्पका कारण अवस्था बेहाल भएको छ। लाखौँ संख्यामा मानिसहरु घरबारविहीन भएका छन्। भग्नवाशेषमा अझै पनि सयौँ मानिस बाँच्ने आशमा रहेको आशंका छ।

टर्की र सिरियामा विश्वभरका उद्धारकर्मी जुटेका छन्। अत्यधिक चिसो मौसमका बावजुद हजारौँ उद्धारकर्मी अहिले पनि कयौँ क्षेत्रमा खोजबिन गरिरहेका छन्। 

यस भीषण प्राकृतिक विपद्मा लाखौँ मानिस प्रभावित भएका छन्। अहिले त्यहाँ ठूलो परिमाणमा राहत चािएको छ। प्रभावित मानिसहरुलाई धमाधम अस्थायी बासस्थानमा राखिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .