ग्लोबल


सिरिया : भूकम्पले ढलेको घरभित्रै छोरीलाई जन्म दिएर अस्ताइन् आमा

सिरिया : भूकम्पले ढलेको घरभित्रै छोरीलाई जन्म दिएर अस्ताइन् आमा

भूकम्पमा पुरिएको घरबाट उद्धार गरिएकी नवजात शिुशु। तस्बिर : एजेन्सी


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १९:४९, काठमाडौँ

टर्कीलाई केन्द्रबिन्दु बनाउँदै सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट मर्नेको संख्या २० हजार नाघेको छ।

छिमेकी देश सिरिया र टर्कीमा मर्नेको संख्याले अझै उचाइ लिने संयुक्त राष्ट्रसंघले जनाएको छ। 

यस्तोमा भूकम्पपछिका अनेक हृदयविदारक दृश्य अहिले सामाजिक सञ्जालमा आइरहेका छन्। दुई दिनअघि टर्कीमा एक ८ वर्षीय बालकको भिडिओ भाइरल भएको थियो। 

यसबीचमा फेरि अर्को भिडिओले अहिले विश्वको ध्यान तानेको छ। सिरियामा भूकम्पले भत्किएको घरले थिचेको अवस्थामै एक महिलाले छोरीलाई जन्म दिएर अस्ताएकी छन्। 

भूकम्पको भग्नवाशेषभित्र पुरिएपछि आमाले जन्माएर छट्पटाइरहेकी शिशुलाई जीवितै निकालिएको हो। तर उनलाई जन्माउने आमाको भने निधन भइसकेको छ।

६ फेब्रुअरीमा टर्की र उत्तरी सिरियामा आएको शक्तिशाली भूकम्पले ढलेको घरको भग्नवाशेषभित्र चमत्कार भएको हो। उद्धारकर्मीहरुले भग्नवाशेषबाट नवजात शिशुलाई जीवितै निकालेका हुन्। 

जुन समय यी शिशुलाई भेटियो त्यसबेला उनी आमाको सालनालसँगै जीवितै थिइन्। तर उनले आफ्नी आमालाई गुमाइसकेकी थिइन्। उनी उक्त परिवारकी एक्ली सन्तान भएकी छन्। 

सिरियाको जेन्डरिस शहरमा ती शिशुलाई उनकी आमासँग सालनालसँगै रहेको अवस्थामा बचाइएको हो। 

विनाशकारी भूकम्पमा उनका पिता र दाजुदिदीको मृत्यु भइसकेको छ। अब यी शिशुको नाम अया राखिएको छ। अयाको अंग्रेजीमा अर्थ 'चमत्कार' हुन्छ।

अयाका पिताका काकाले अस्पतालबाट बिदा भएपछि शिशुलाई आफ्नो घर लाने बताएका छन्। 

तर उनको परिवारका कोही पनि सदस्य जीवित रहेनन्। भूकम्पबाट सलाह अल-बद्रानको आफ्नो घर पनि भत्किएको छ। उनी अहिले आफ्नो परिवारसँग टेन्टमा रहेका छन्। 

अयाको उद्धारको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा एक व्यक्ति चार तले भवनको भग्वाशेषबाट धुलोले ढाकिएका शिशुलाई पक्रिएर दौडिरिहेका देख्न सकिन्छ। 

अर्का व्यक्ति कडा चिसोबीच नवजात शिशुका लागि कम्बल लिएर कुदिरहेका छन्। त्यस्तै तेस्रा व्यक्ति उनलाई अस्पताल लैजान भनिरहेका छन्। 

दूध खुवाउँदै डक्टर पत्नी 
भिडिओ देखेपछि शिशुलाई अपनाउने बताइरहेका छन्। ती शिशुको उपचारका नजिकैको अफरिन गाउँको अस्पतालमा भर्ना गरिएको छ। उनको शरीरमा चोट देखिएको थियो। उनी चिसोमा मुस्किलले श्वास फेरिरहेकी थिइन्। 

एक डक्टर पत्नीले अहिले उनलाई दूध खुवाइरहेकी छन्। एक डाक्टरले उनी अहिले कडा चिसोका कारण हाइपोथर्मियाको चपेटामा परेकी छन्। उनको शरीर तातो बनाउन क्याल्सियम दिइरहेको उनले बताएका छन्। 

अया सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण जन्मिनसक्दै अनाथ भइन्।

संयुक्त राष्ट्र संघीय बाल एजेन्सी युनिसेफले ती शिशुको निगरानी भइरहेको बताइन्। उनका मातापिता भूकम्पमा मारिएको या बेपत्ता रहेको राष्ट्रसंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad