ad ad

ग्लोबल


विकासशील मुलुकका लागि चीनको आधुनिकीकरण नयाँ मोडेल हो : सी

विकासशील मुलुकका लागि चीनको आधुनिकीकरण नयाँ मोडेल हो : सी

नेपालखबर
माघ २५, २०७९ बुधबार १४:४०, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङले आधुनिकीकरण भनेको पश्चिमीकरण हो भन्ने मिथकलाई चीनले तोडेको बताएका छन्। मंगलबार एक महत्वपूर्ण भाषण दिँदै सीले विकासशील मुलुकहरुले चिनियाँ मोडेल पछ्याउनसक्ने पनि बताए।

कम्युनिस्ट पार्टीका कार्यकर्ता र सरकारी अधिकारीहरु सहभागी अध्ययन भेलामा सीले चीनले पश्चिमभन्दा अलग नयाँ आधुनिकीकरणको मोडेल पेस गरेको दाबी गरे। यो मानव सभ्याताको नवीनतम स्वरुप भएको उनको भनाइ थियो।

उनले यो विचारलाई सही ढंगले बुझ्न र चिनियाँ आधुनिकीकरणको प्रबद्र्धन गर्न पनि पार्टी सदस्यहरुलाई आग्रह गरे।

चिनियाँ मोडलले आधुनिकीकरणको वैकल्पिक तस्बिर देखाउने र विकासशील मुलुकहरुको बाटो फराकिलो पार्ने पनि उनले बताए। 

चीनको वार्षिक संसद् अधिवेशनभन्दा एक महिनाअघि उनले यस्तो भाषण गरेका हुन्। बेइजिङमा मार्चमा हुने संसद् अधिवेशनसँगै अक्टोबरको महाधिवेशनबाट सुरु भएको पार्टी र सरकारको हेरफेरले पूर्णता पाउनेछ भने त्यससँगै राष्ट्रपतिको तेस्रो कार्यकाल पनि उनले सुरु गर्नेछन्।

‘चिनियाँ आधुनिकीकरणलाई हामीले पुँजीवादभन्दा टिकाउ बनाउन आवश्यक छ। त्यति मात्र होइन हो, सामाजिक निष्पक्षता पनि प्रभावकारी रुपमा लागू गर्नुपर्ने हुन्छ,’ चीनले आर्थिक विकासको चमत्कार गरेको उल्लेख गर्दै सीले भने, ‘अभ्यासले के देखाएको छ भने चिनियाँ शैलीको आधुनिकीकरण सम्भव र स्थिर छ। र, एउटा बलियो मुलुक बनाउने र राष्ट्रको कायाकल्प गर्ने यो एक मात्र सही बाटो हो।’

पार्टी नेतृत्वको निर्देशन पालना गरेर मात्रे चिनियाँ आधुनिकीकरणको भविष्य उज्ज्वल हुने, अन्याथा त्यसले आफ्नो आत्मा गुमाउने पनि उनले बताए। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .