टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ७ सय नाघेको छ। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
टर्कीको विपद् एजेन्सीका अनुसार भूकम्पबाट टर्कीमा मात्र मृत्यु हुनेको कूल संख्या ६ हजार २ सय ३४ पुगेको छ।
सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको संख्या पुष्टि गर्न गाह्रो भएको बताए। तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन्। सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको संख्या १२८० नाघेको बताएको छ। उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्। उनीहरुसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्। यो आपतकाल तीन महिनाको लागि हुनेछ।
Shares
प्रतिक्रिया