ल्याटिन अमेरिकाको आकशमा शुक्रबार देखिएको बेलुन आफ्नो भएको चीनले स्वीकारेको छ।
उसले यो बेलुन मानवीय प्रयोजनका लागि छाडेको जनाएको छ।
शुक्रवार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको हो।
चीनले यो बेलुन कुनै देशविरुद्ध जासुसीका लागि नभएर नागरिकको प्रयोगका लागि छाडिएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यो बेलुनले बाटो बिराएर ल्याटिन अमेरिका पुगेको स्वीकारेको छ।
यसअघि यस्तै एक बेलुन अमेरिकी हवाई क्षेत्रमा शनिवार लडाकु जहाजले खसाएको थियो।
अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी आरोप लगाएको थियो। त्यसपछि यसको निगरानीमा अमेरिकाले फाइटर जेट परिचालन गरेको थियो।
यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ।
यसअघि यी दुई देशबीच आर्थिक र व्यापारिक मुद्दालाई लिएर शीत युद्ध चल्दै आएको थियो।
प्रतिक्रिया