पछिल्लो एक दिनमा वाणिज्य बैंकमा १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेप थपिदा कर्जा लगानी भने स्थिर नै देखिएको हो।
वाणिज्य बैंकको निक्षेप ४७ खर्ब २३ अर्ब रहेकोमा माघ २३ गते १ अर्ब थपिँएर बढेर ४७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी सोही दिनमा वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब ७१ अर्ब रहेको छ।
वाणिज्य बैंकहरुमा निक्षेप थपिएर कर्जा लगानी स्थिर हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३४ प्रतिशत रहेको छ। वाणिज्य बैंकमा निक्षेप थपिँदै जादा सीडी रेसियोमा सुधार आएको हो।
आर्थिक वर्षको सुरुवातमा वाणिज्य बैंकको सीडी रेसियो ९० माथि पुगेको थियो।
विस्तारै बैंकहरुले कर्जा विस्तार रोकेर निक्षेप संकलन र ऋण उठाउने कामलाई तीव्रता दिँदा सीडी रेसियो ८६.३४ प्रतिशतमा आइपुगेको हो।
त्यसैगरी अन्तर बैंक ब्याजदर ४.४१ प्रतिशत रहेको छ। चालु आवको साउन भदौमा अन्तर बैंक ब्याजदर ७ प्रतिशत माथि पुगेको थियो। बैंकहरुमा निक्षेप बढ्दै जादा अन्तर बैंक ब्याजदर घट्दै ४.४१ प्रतिशतमा आइपुगेको हो।
प्रतिक्रिया