टिकटकमा ‘मिस पवि’ नामले चिनिएपछि कलाकारितामा आएकी कलाकार हुन् - पवित्रा साँकी। पछिल्लो समय उनी म्युजिक भिडिओमा निक्कै ब्यस्त छिन्। उनले अभिनय गरेको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
पवित्राले अभिनय गरेको ‘आहा कति राम्री’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। सार्वजनिक भिडिओमा पवित्रालाई गायक हिमाल सागरले अभिनय साथ दिएका छन्।
प्रेमील भाव व्यक्त गरिएको भिडिओमा पवित्रा र हिमाल सागरको प्रेम देखाउन खोजिएको छ। हिमाल सागरले नै गायक गीत गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन्।
हेमन्त शिशिरको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडिओ युवराज वाइबाले निर्देशन गरेका हुन्। निशल पौडेलको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडिओ गीतकार एवं म्युजिक व्यवसायी शिवराज पौडेलले निर्माण गरेका हुन्।
Shares
प्रतिक्रिया