ad ad

ग्लोबल


पाकिस्तानमा यात्रु बस दुर्घटना, कम्तीमा ३९ जनाको मृत्यु

पाकिस्तानमा यात्रु बस दुर्घटना, कम्तीमा ३९ जनाको मृत्यु

नेपालखबर
माघ १५, २०७९ आइतबार १२:१६, काठमाडौँ

पाकिस्तानको बलुचिस्तानमा सवारी दुर्घटना भएको छ। एउटा यात्रु बस सडकबाट खोँचमा खस्दा कम्तीमा पनि ३९ जना यात्रुले ज्यान गुएमा छन्। 

आइतवार बिहानै बलोचिस्तानको लास्बेलामा यो डरलाग्दो सवारी दुर्घटना भएको हो। 

लास्बेलाका सहायक कमिश्नार हम्जा अन्जुमका अनुसार ४८ जना यात्रु सवार रहेको उक्त बस क्वेटाबाटट्ट कराँचीतर्फ गइरहेको थियो। 

'तीव्र गतिमा रहेको बस लासबेलानजिकै घुम्तीमा मोड्ने समयमा पुलको खम्बा ठोक्किको थियो। पुलको खम्बामा ठोक्किँदै अनियन्त्रित भएको बस खोँचमा खसेपछि आगलागी हुँदा धेरै हताहती भएको हो', उनले भनेका छन्। 

अन्जुमका अनुसरा ज्यान गुमाउनेमा महिला र बालबालिका पनि छन्। घटनास्थलबाट महिलासहित तीनजनालाई जीवितै उद्धार गरिएको छ। 

केही बेपत्ता छन्। घाइतेहरुको उद्धार भइसकेको छ। तर केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए।

पाकिस्तानी अनलाइन डनका अनुसार १७ वटा शव घटनास्थलबाट निकालि सकिएको छ। संकलित शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .