ad ad

कारोबार


महासंघ र उद्योग संगठनले पूर्वका व्यवसायीलाई भने- हतोत्साहित नहुनुस्

महासंघ र उद्योग संगठनले पूर्वका व्यवसायीलाई भने- हतोत्साहित नहुनुस्

नेपालखबर
माघ १५, २०७९ आइतबार १२:२०, काठमाडौँ

उद्योग वाणिज्य महासंघ प्रदेश १ र उद्योग संगठन मोरङले उद्योगी एवं व्यवसायीलाई हतोत्साहित नहुन आग्रह गरेका छन् ।

छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गर्दै दुवै संगठनले गत दुई दिनमा इलाम निवासी व्यवसायी प्रेम प्रसाद आचार्य र विराटनगर निवासी व्यवसायी मोहन न्यौपानेको आत्मदाह र आत्महत्याका घटनाले सम्पूर्ण उद्योगी व्यवसायीलाई नै स्तब्ध पारेको उल्लेख गर्दै हतोत्साही नहुन व्यवसायीलाई आग्रह गरेको हो ।

दुवै संगठनले यस दुःखद र मार्मिक घटनाले उद्योगी/व्यवसायीले भोग्दै आएको भित्री अन्तर्वस्तु र पीडालाई उजागर गरेकाले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरूको उचित गुनासो, पीरमर्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुःखद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको दुवै संगठनको दाबी छ ।

यस घटनाबाट पाठ सिकी काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रूपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रक्रियागत सुधारका लागि सम्बन्धित सबै जिम्मेवार सरकारी निकायहरूलाई संगठनले अपिल समेत गरेको छ ।

उद्योग व्यवसायलाई पेशा बनाई दैनिकी जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघ/संस्थाको माध्यमबाट पद्धति सुधारका लागि राज्यका संयन्त्रहरूलाई दबाब दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणाको स्रोत हुन पनि संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .