ad ad

ग्लोबल


क्यालिफोर्नियामा चिनियाँ नयाँ वर्ष मनाइरहेकामाथि गोली प्रहार, कम्तीमा १० जनाको मृत्यु

क्यालिफोर्नियामा चिनियाँ नयाँ वर्ष मनाइरहेकामाथि गोली प्रहार, कम्तीमा १० जनाको मृत्यु

घटनास्थलमा तैनाथ सुरक्षाकर्मी। तस्बिर : एबीसी न्यूज


नेपालखबर
माघ ८, २०७९ आइतबार १५:२७, काठमाडौँ

अमेरिकाको क्यालिफोर्नियामा आइतवार भीडमाझ अन्धाधुन्दा गोली चलाउँदा कम्तीमा १० जनाले ज्यान गुमाएका छन्। 

समाचारअनुसार चिनियाँ नयाँ वर्षको उत्सव मनाइरहेका बेला यो घटना भएको हो। 

यो गोलीबारी मोन्टेरी पार्क इलाका भएको हो। केही खबरअनुसार यो घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। 

तर पुलिसले यसबारेमाा विस्तृत केही खुलाइसकेको छैन। केही सामाजिक सञ्जालमा यो मामिला रंगभेदबाट सुरु भएको हत्यासम्म पुगेको हो। यहाँ स्थानीयबासी र एसियालीमूलका समुदायबीच विवादपछि सामूहिक नरसंहारसम्म पुगेको हो। 

एक समाचारअनुसार मारिनेहरुमा एक महिला र उनका ६ महिनाका शिशु पनि छन्। यसका अलावा १७ वर्षीय चिनियाँमूलका युवक पनि मारिएका छन्। यसबारे पुलिसले औपचारिक भनाइ सार्वजनिक गर्दैछ। 

स्काई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार घटनाका बेला ठूलो आवाजमा गीत बजिरहेको थियो।  

ठूलो आवाजको संगीतबीच गोली चल्दा मानिसहरुले आतिशबाजी भइरहेको सम्झेका थिए। तर केही बेरमा घाइते मानिसहरु भागेको देखेपछि घटना खुलेको थियो।

पुलिसका अनुसार घटनाका बेला कयौँ हजार मानिस एकै ठाउँ थिए। यसकारण मारिनेको संख्या अझै बढ्न सक्छ। 

यहाँ दुई दिनको उत्सव चलिरहेको थियो। यहाँ यसअघि पनि स्थानीय गोरा समुदाय र एसियाली मूलका समुदायबीच हिंसा भइसकेको छ। अघिल्लो वर्ष यस्तै घटनामा यहाँ ५ जना मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .