ग्लोबल


रुसको दाबी– युक्रेनको अर्काे एक सहर कब्जा गर्‍यौँ

रुसको दाबी– युक्रेनको अर्काे एक सहर कब्जा गर्‍यौँ

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २०:५, काठमाडौँ

रुसले एक महिना लामो युद्धपछि युक्रेनको नुनखानी सहर सोलेडरलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ। र, यसलाई आफ्नो आक्रमणका लागि ‘महत्वपूर्ण’ कदम भनेको छ।

रुसको रक्षा मन्त्रालयले अब यसले रुस बकमुटमा युक्रेनी सेनाको आपूर्ति रोक्न मद्दत गर्ने जनाएको छ।

युक्रेनी अधिकारीहरूले भने सोलेडरमा अझै लडाइँ चलिरहेको र रुसले गलत हल्ला फैलाएको आरोप लगाएका छन्। सोलेडरको युद्ध अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्धमध्ये एक हो।

उक्त क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सहरमा १५ बालबालिकासहित ५ सय ५९ जना अझै रहेको र उनीहरूलाई बाहिर निकाल्न नसकिएको बताएका छन्। 

सोलेडर कत्तिको महत्त्वपूर्ण छ भन्नेबारे विभिन्न धारणा छन्। किनभने यो धेरै सानो सहर हो। तर यसको कब्जा रुसका लागि साहसको विषय हुन सक्छ। किनकि केही महिनादेखि उसले कम मात्र सफलता पाएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad