ग्लोबल


चिनियाँ फाइटर जेट अमेरिकी जासुसी विमानको ६ मिटरनजिकै आएपछि...

चिनियाँ फाइटर जेट अमेरिकी जासुसी विमानको ६ मिटरनजिकै आएपछि...

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

अमेरिकी वायु सेनाको जासुसी विमानबाट ६ मिटरको दुरीमा एक चिनियाँ लडाकु जेट उडेको छ। अमेरिकी सेनाले बिहीबार जनाएअनुसार यही महिना दक्षिण चीन सागरको आकासमा सो घटना भएको हो।

डिसेम्बर २१ का दिन एउटा चिनियाँ जे–११ लडाकु जेटका पाइलटले अमेरिकी वायु सेनाको आरसी–१३५ विमाननजिकै आएर असुरक्षित कलाबाजी देखाएको यूएस इन्डो–प्यासिफिक कमान्डले जनाएको छ।

सो कमान्डले सार्वजनिक गरेको भिडिओ फुटेजमा चिनियाँ विमान अमेरिकी विमानको ६ मिटरनजिकै आएको देखिन्छ। त्यसपछि ठोक्किनबाट बच्न अमेरिकी विमान बाटो बदल्न बाध्य हुन्छ।

आफ्नो विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा वैध रुपले उडिरहेको अमेरिकाको दाबी छ।

दक्षिण चीन सागरको ज्यादाजसो हिस्सा चीनले आफ्नो दाबी गर्ने गर्छ। तर, अमेरिकासहितका मुलुकहरुले खुला र स्वतन्त्र इन्डोप्यासिफिक भन्दै सो क्षेत्रमा निर्बाध हवाई तथा जल यात्रा गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

अमेरिकी खेमाका मुलुकहरुले सो क्षेत्रमा आफ्ना सैन्य विमान तथा जहाज लैजाने गरेका छन्। सो क्रममा अनेक पटक चिनियाँ विमानले तिनलाई रोक्ने कोसिस गर्दै आएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .