मलेसियाको राजधानी क्वालालम्पुरनजिक शुक्रबार बिहान पहिरो जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस बेपत्ता रहेको बताइएको छ, उनीहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ।
मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर आज बिहान करिब ३ बजे भएको हो।
33
Shares
प्रतिक्रिया