अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ।
नगदमा मानवीय सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ।
यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो।
युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ। रासस-सिन्ह्वा
144
Shares
प्रतिक्रिया