ad ad

राजनीति


सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीले बढाए अग्रता

सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीले बढाए अग्रता

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २३:५८, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन्।

दुई दिन रोकिएर सुरु भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई २७३ मतले पछि पारेका छन्।

यसअघि उनको अग्रता १८४ मत थियो। पछिल्लो मत परिणाममा झण्डै एकसयको थप अग्रता बढेको हो। 

निर्वाचन आयोगका अनुसार पछिल्लो मत परीणाम अनुसार कार्कीले २५ हजार ४०६ मत ल्याउँदा कुसियैतको २५ हजार १३३ मत आएको छ।

यो क्षेत्रमा सुरु देखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ। त्यहाँ अझै करिब १५ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .