ग्लोबल


अमेरिकाले युक्रेनलाई ४० करोड डलर सहयोग दिने

अमेरिकाले युक्रेनलाई ४० करोड डलर सहयोग दिने

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १९:३२, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ। 

रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो। 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सहयता ‘प्याकेज’मा ‘एयर डिफेन्स सिस्टम’ का लागि युक्रेनलाई ‘ग्रिनेड लञ्चर’तोप, गोलाबारूद, साना हतियारसहितका अन्य अत्याधुनिक हातहतियार उपलव्ध गराइने सञ्चारकर्मीहरूलाई बताएका छन्। 

अमेरिकाले पनि खेरसन सहरबाट रुसी सैनिक फर्कने सङ्केत पाएको उनले बताए।  

रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो। उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो। 

यसअघि युरोपेली आयोगले पनि युक्रेनलाई १८ अर्ब युरो बराबरको सहायता प्याकेज प्रस्ताव गरेको थियो। 
प्याकेजअन्तर्गत किएभले नियमित किस्ताका रूपमा अधिक सहुलियतमा ऋण पनि पाउने छ। झण्डै दश महिनादेखि जारी युक्रेन युद्धबाट किएभका पक्षमा विशाल अन्तर्राष्ट्रि सहायता परिचालन भएको छ। 

करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका  अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले बिहीबार बताएका थिए। 

द इकोनोमिक क्लब अफ न्यूयोर्कले आयोजना गरेको  एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad