ग्लोबल


एक वर्षमा पहिलोपटक घट्यो श्रीलङ्काको मुद्रास्फीति

एक वर्षमा पहिलोपटक घट्यो श्रीलङ्काको मुद्रास्फीति

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ७:४१, काठमाडौँ

सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलोपटक सामान्य रूपमा घटेको छ। तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

दुई करोड २० लाख जनसङ्ख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुको चरम अभाव भएको छ।

जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अङ्कले कम हो।

श्रीलङ्कामा सेप्टेम्बरमा लगातार १२औँ महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ। 
विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए।

यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा सङ्कट सुरु हुनुअघिको तुलनामा दोब्बर छ, जबकि सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ।

खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्तामा ह्वात्तै घटेको छ।

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएको छ, जुन श्रीलङ्काको केन्द्रीय बैंकले अनुमान गरेको ८.७ प्रतिशत सङ्कुचनभन्दा बढी हो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad