हालै राजीनामा दिएकी बेलायती प्रधानमन्त्री लिज ट्रसलाई पूर्वप्रधानमन्त्रीले पाउने वार्षिक १ लाख १५ हजार पाउन्ड भत्ता नलिन विपक्षी दलले आग्रह गरेको छ। लेबर पार्टीका प्रमुख किर स्टार्मरले ट्रसलाई सो भत्ता अस्वीकार गर्न आग्रह गरेका हुन्।
मात्र ४५ दिन पदमा बसेकी ट्रसले बिहीबार राजीनामा घोषणा गरेकी थिइन्। बेलायतमा सबै पूर्वप्रधानमन्त्रीले वार्षिक १ लाख १५ हजार पाउन्ड भत्ता पाउँछन्।
तर, ट्रसले सो भत्ताको अधिकार हासिल नगरेको स्टार्मरको भनाइ छ।
‘उनले त्यो भत्ता लिनु हुँदैन। ४४ दिनमा उनले त्यसको हक प्राप्त गरेकी छैनन्। उनले यसलाई अस्वीकार गर्नुपर्छ,’ स्टार्मरले भने।
लिबरल डेमोक्र्याट पार्टीका नेता एड डेभीले पनि उनले भत्ता दाबी गर्न नहुने बताए,
अनेकौँ युनियन र अभियन्ताहरुले पनि सो भत्ता अस्वीकार गर्न ट्रसलाई दबाब दिएका छन्। बीबीसी
Shares

प्रतिक्रिया