ad ad

ग्लोबल


प्लाज्माको सट्टा चढाइयो जुस, डेंगुका बिरामीको मृत्यु

प्लाज्माको सट्टा चढाइयो जुस, डेंगुका बिरामीको मृत्यु

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १२:६, काठमाडौँ

भारतको उत्तर प्रदेशको प्रयोगराज जिल्लामा प्लाज्माको सट्टामा फलफूलको जुस चढाउँदा डेंगुका एक बिरामीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रयोगराजको ग्लोबल हस्पिटल एण्ड ट्रमा सेन्टरमा एक व्यक्तिलाई डेंगुको उपचारको लागि भर्ना गरिएको थियो। तर, उपचारको क्रममा बिरामीको मृत्यु भएको हो।

बिरामीको परिवारले अस्पतालले बिरामीलाई प्लाज्माको सट्टामा मौसमको जुस चढाएको दाबी गरेका छन्। सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिले रगतको प्याकेटभित्र मौसमको जुस रहेको बताइरहेको देख्न सकिन्छ। उक्त भिडिओमा ती व्यक्तिले यस मामिलामा अस्पताल प्रशासनमाथि प्रश्न उठाएका छन्। 

समाचारमा बताइएअनुसार ३२ वर्षीय प्रदीप पाण्डेलाई जुस चढाएसँगै उनको स्वास्थ्य अवस्था झन् खराब हुँदै गएको थियो। उनलाई तत्कालै अर्को अस्पतालमा रिफर गरिएको थियो।

तर, दोस्रो अस्पतालका चिकित्सकले भने पाण्डेलाई प्लाज्माको सट्टामा जुस चढाइएको पुष्टि गरेका थिए। यससँगै उत्तर प्रदेशका सहायक मुख्यमन्त्री ब्रजेश पाठकले ग्लोबल हस्पिटल एण्ड ट्रमा सेन्टरलाई सिल गर्न निर्देशन दिएका छन्। 

पाठकले अस्पतालबारे अनुसन्धानको लागि निर्देशन दिइएको र प्लाज्माको प्याकेट परीक्षणको लागि पठाइएको बताएका छन्। यो मामिलामा दोषी पाइए अस्पतालमाथि कडाभन्दा कडा कारबाही गरिने उनले बताएका छन्। 

अस्पतालका मालिक सौरभ मिश्राले भने उक्त प्लाज्मा अर्कै मेडिकलबाट ल्याइएको बताएका छन्। मिश्राका अनुसार उक्त प्लाज्माको प्याकेट एसआरएन हस्पिटलको भएकाले उक्त प्याकेट कहाँबाट आयो भन्नेमा अनुसन्धान केन्द्रित हुनुपर्ने बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .